
काठमाडौं । अर्थर गनको रुपमा चर्चित अमेरिकी आइडलका फाइनलिस्ट दिवेश पोखरेलको पहिलो नेपाल टुरको कन्सर्ट मिति निश्चित भएको छ ।
साउन ३१ गते काठमाडौंमा आइपुग्ने उनले सात सहरमा १० वटा कन्सर्ट गर्दैछन् । भदौ ४ गते काठमाडौंमा, ८ गते भरतपुरमा, १० गते पोखरामा र १५ गते बुटवलमा कन्सर्ट हुने भएको छ ।
आयोजक संस्था ब्रेन सर्भिसिङका संस्थापक रिसन महर्जनका अनुसार चार सहरबाहेक कीर्तिपुर, धरान, बिर्तामोड र बुटवलमा समेत कन्सर्ट हुनेछ । नेपाल भ्रमणमा दिवेशले पर्यटन र संस्कृति प्रवद्र्धनका लागि हुने कार्यक्रममा समेत भाग लिनेछन् भने सञ्चारकर्मीसँग समेत अन्तरक्रिया गर्नेछन् । ब्यान्डका अन्य चार जना सदस्यसहित अर्थर काठमाडौं आउनेछन् ।
हस्की स्वरले चर्चित दिवेशलाई काठमाडौंमा भव्य स्वागतसहित उनको घरसम्म लैजाने कार्यक्रम छ । सन् २०२० को अमेरिकी आइडलमा फस्ट रनरअप भएयता उनी पहिलोपटक नेपाल आउन लागेका हुन् ।
गत महिना उनले लन्डनमा कन्सर्ट गरिसकेका छन् ।
प्रतिक्रिया 4