+

पोग्बाको घुँडाको शल्यक्रिया गर्नु नपर्ने, विश्वकपको आशा कायम

२०७९ साउन  १८ गते १७:०८ २०७९ साउन १८ गते १७:०८
पोग्बाको घुँडाको शल्यक्रिया गर्नु नपर्ने, विश्वकपको आशा कायम

१८ साउन, काठमाडौं । पउल पोग्बाको घुँडाको चोटको शल्यक्रिया गर्नु नपर्ने भएको छ । जसले गर्दा उनी युभेन्ट्सका लागि छिटै मैदान फर्कने सम्भावना छ ।

२९ वर्षीय फ्रेन्च मिडफिल्डरले चोटकै कारण शल्यक्रिया गर्नुपरेमा आगामी नोभेम्बर-डिसेम्बरमा कतारमा हुने फिफा विश्वकप गुमाउने चिन्ता थियो ।

मंगलबार परामर्शपछि विशेषज्ञले शल्यक्रिया आवश्यक नरहेको बताएका हुन् । सन् २०१८ मा पोग्वाले फ्रान्सबाट विश्वकप उपाधि जितेका थिए ।

म्यानचेष्टर युनाइटेडमा सम्झौता सकिएपछि प्रि ट्रान्सफरमा युभेन्ट्समा अनुबन्ध भएका पोग्बा प्रि सिजन टुरका क्रममा अमेरिका ट्रेनिङका क्रममा घाइते भएका थिए । उनले युभेन्ट्सका लागि मेक्सिकन क्लब चिभास गुएडालाजारसँग खेलेका थिए ।

तर खेलपछि उनको दायाँ घुँडामा दुखाई भएको उनले बताएका थिए । त्यसपछि गरिएको परीक्षणले घुँडाको मिनिस्कसमा चोट देखाएको थियो । ला गजेट्टाको अनुसार पोग्बाले अब जिम र पुलमा उपचार गर्नेछन् ।

उनी पाँच साता बाहिर रहने सम्भावना छ । युभेन्ट्सले सिरी एको नयाँ सिजनको पहिलो खेल अगष्ट १५ मा घरेलु मैदानमा ससुलोसँग खेल्नेछ ।

– बीबीसीबाट

पउल पोग्बा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय