
१९ साउन, काठमाडौं । हलोखबर डट कमले ‘तेस्रो कौसी क्वीन-२०७९’ का लागि भिडियो र फोटो माग गरेको छ ।
प्रतियोगितामा भाग लिन आगामी १० भदौसम्म आफूले लगाएको कौशी खेतीको १० मिनेटसम्मको भिडियो र १० वटा फोटो पठाउनु पर्ने आयोजक संस्थाका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए ।
भिडियो र तस्वीरमध्ये सर्वोत्कृष्ट विजेतालाई छतमा राख्न मिल्ने जीआई पाइप प्रयोग गरी तयार गरिएको एक लाख ५० हजार बरावरको प्लास्टिक टनेल दिइने अध्यक्ष श्रेष्ठले बताए ।
त्यस्तै, फस्ट रनरअपलाई एक लाख तथा सेकेन्ड रनरअपलाई ७५ हजार, थर्ड रनरअपलाई ५० हजार रुपैयाँ बराबरको कौसीमा ‘ग्रीन हाउस’ निर्माण गरिने छ । सहभागी हुने प्रत्येकले एक हजार बराबरको कौसी खेतीका सामग्री पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4