
१९ साउन, काठमाडौं । निर्वाचन आयोगले सरकारले घोषणा गरेको ४ मंसिरको मितिमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्न तयार रहेको बताएको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेपछि अनलाइनखबरसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले तोकिएको समयमा स्वच्छ,निष्पक्ष, विश्वसनीय ढंगले निर्वाचन सम्पन्न गर्न आयोग तयार रहेको बताए ।
उनले शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित गरेर चुनावको तयारीमा लाग्ने बताए ।
‘हामीले मतदाता नामावलीको दर्ता प्रक्रिया भोलिदेखि नै स्थगन गरेर दर्ता भइसकेका मतदाताहरुको नामावली ६ हजार ७ सय ५३ वटा वडा कार्यालयहरुमा सार्वजनिक गरेर अद्यावधिक गर्ने प्रक्रिया सुरु हुन्छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने,‘स्थानीय तह निर्वाचनमा भएका कमी कमजोरी पनि हामीले यसपालि सच्याएर जान्छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4