
१९ साउन, काठमाडौं । सरकारले अर्थ सचिवको जिम्मेवारी तत्कालका लागि कृष्णहरि पुष्करलाई दिएको छ । राजस्व सचिव समेत रहेका पुष्करले अर्को सचिव नआइन्जेलसम्म दुवै सचिवको रुपमा काम गर्ने भएका छन् ।
बिहीबार मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयका राजस्व सचिव पुष्करलाई अर्थ सचिवको समेत काम गर्ने जिम्मा दिएको हो । बैठकले अर्थ सचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ । मरासिनी गत आइतबारदेखि अर्थ मन्त्रालयमा हाजीर नभई विदामा बसेका थिए । जनार्दन शर्मा मन्त्री भएर आएपछि मारसिनी मन्त्रालयमा आउन मानेका थिएनन् ।
अर्थसचिवले स्वयमले मन्त्रालयमा रहेर काम गर्न इच्छुक नरहेको भन्दै सरुवा मागेकाले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ‘तत्काललाई सचिव पुष्करलाई नै अर्थ सचिवका रहेर काम गर्ने गरी तोक्ने निर्णय भएको छ, ती मन्त्रीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4