
२० साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा शुक्रबार शोक बिदा दिइएको छ ।
महानगरपालिकाको कार्यालयको विद्युत शाखामा कार्यरत कुल्ली पदका सुशिलकुमार राउतको निधन भएकोले शोक बिदा दिएएको ह ।
शुक्रबार अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द राखिने वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले बिहीबार सूचना जारी गर्दै उनको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
कार्यलयमा २० गते शुक्रबार बिहान ११ बजे शोक सभाको आयोजना गरिने सूचनामा उल्लेख छ । शोक सभामा सम्पूर्ण कर्मचारीलाई उपस्थित हुन भनिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4