
काठमाडौं । अमेरिकाको न्युयोर्कलाई कर्मथलो बनाउँदै आएका स्रष्टा दीपक प्याकुरेलको ५३ वर्षको उमेरमा निधन भएको छ ।
न्यूयोर्कको एल्म हस्र्ट अस्पतालमा जण्डिसको उपचारका लागि भर्ना भएका प्याकुरेलको उपचारको क्रममा निधन भएको हो । स्वास्थ्यमा थप समस्या भएपछि उनलाई भेन्टिलेटरमा समेत राखिएको थियो ।
नेपालमा हेटौंडा घर भएका उनी श्रीमती, एक छोरी र एक छोराको साथ न्युयोर्कमा बस्दै आएका थिए ।
प्याकुरेलका अमेरिकी पृष्ठभूमिको ‘उवर’ र ‘१२ वर्षपछि’ नेपाली भाषाका उपन्यास र ‘द वेभ अफ लाइफ’ अंग्रेजी भाषाको उपन्यास प्रकाशित भएका थिए । उनका केही कविता पनि प्रकाशित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4