
२० साउन, काठमाडौं । शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य १० रुपैयाँले वृद्धि भएको छ ।
शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार ८ रुपैयाँ र तेजावी सुनको मूल्य ९६ हजार ३ सय रुपैयाँ तोकिएको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार १ रुपैयाँ र तेजावी सुनको मूल्य ९५ हजार ६ सय रुपैयाँ तोकिएको थियो ।
शुक्रबार चाँदीको प्रतितोला मूल्य १ हजार २२० रुपैयाँमा तोकिएको छ । बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार २१० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4