
फाइल तस्वीर
२० साउन, काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले आफूहरुसँगको सम्झौता अनुसार सेवा सुविधा नपाए आन्दोलन गर्ने चेतावनी दिएको छ ।
परिषद्ले विज्ञप्ति जारी गर्दै सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको सेवा सुविधा सम्बन्धी नेपाल सरकार र शिक्षक महासंघबीच भएको सम्झौता विपरीत कार्यक्रम कार्यान्वयन पुस्तिका २०७९÷२०८० प्रकाशन भएको भन्दै परिषदले आपत्ति जनाएको छ ।
सम्झौता अनुसारको सेवा सुविधा कार्यान्वयनमा नआए भदौ १ गतेदेखि क्रमश आन्दोलन गर्ने चेतावनी उसले दिएको छ । परिषद्ले विज्ञप्तिमार्फत् कार्यक्रम् कार्यान्वयन पुस्तिका तत्काल संशोधन गरी सहमति बमोजिमको विद्यालय कर्मचारीहरुको सेवा सुविधा कार्यन्वयनमा ल्याउन माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4