
२० साउन, सुर्खेत । मोटरसाइकलले ठक्कर दिँदा सुर्खेतमा एक महिलाको मुत्यु भएको छ ।
रत्न राजमार्ग अन्तर्गत बुदबुदीचोक नजिक बाटो काट्ने क्रममा लु ८५ प ५१६६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा वीरेन्द्रनगर-१२, की ४३ वर्षीया बालकुमारी नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी सुरज कार्कीले जानकारी दिए ।
उनको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो । मोटरसाइकल चालकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4