
२० साउन, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका- ७ छपकैयाबाट सशस्त्र प्रहरीले लागुऔषध गाँजा २४० किलो बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटर वीरगञ्जबाट खटिएको टोलीले गाँजा बरामद गरेको हो ।
बाल निकेतन इङ्ग्लिस बोर्डिङ स्कुलको पुरानो भवन पछाडिको झाडीमा लुकाएर राखिएको २४० गाँजा बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले जानकारी दिए ।
बरामद गरिएको गाँजा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4