
२१ साउन, धनगढी । कैलालीमा नुहाउने क्रममा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ ।
टीकापुर नगरपालिका–१ को जमरा कुलोमा नुहाउने क्रममा डुबेर एकतानगर शिविरमा बस्ने लालसिंह परियारका १२ वर्षीय छोरा दिनेशको मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथीहरुसँगै कुलोमा नुहाउने क्रममा डुबेर घाइते भएका परियारको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।
उनको शव परीक्षणका लागि अहिले टीकापुर अस्पतालमै राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4