२१ साउन, काठमाडौं । सब्स्टिच्यूट खेलाडीका रुपमा मैदान प्रवेश गरेका डार्विन नुनेजले एक गोल गर्नुका साथै अर्को गोलका लागि पास मिलाएपछि लिभरपुल प्रिमियर लिगको पहिलो खेलमा हारबाट जोगिएको छ ।
शनिबार घरेलु मैदानमा भएको खेलमा फुलहमले लिभरपुलविरुद्ध दुई पटक अग्रता लिएको थियो । घरेलु मैदानमा भएको खेलमा फुलहमले ३२औं मिनेटमा मिट्रोभिकको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा घरेलु टोलीले अग्रता जोगायो ।
तर ६४औं मिनेटमा नुनेजले प्रिमियर लिगमा आफ्नो पहिलो गोल गर्दै खेललाई बराबरीमा पुर्याए । ७२औं मिनेटमा फुलहमले मिट्रोभिकको पेनाल्टी गोलमार्फत फेरि अग्रता लियो । तर ८०औं मिनेटमा लिभरपुलले फेरि बराबरी गोल फर्कायो । नुनेजको पासमा मोहम्मद सलाहले गोल गरेका हुन् ।
प्रतिक्रिया 4