
२२ साउन, गुल्मी । गुल्मीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर ट्रक चालक गुल्मीदरबार निवासी अन्दाजी ३५ वर्षका रनबहदुर ढेगाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद आचार्यले बताए ।
आइतबार बिहान जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर-१० मा सिमिचौरबाट तम्घासको देउरालीतर्फ आउँदै गरेकोलु १ख१८६६ नम्बरको ट्रक दुर्घटनामा परेको हो ।
ट्रक सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4