
२२ साउन, काठमाडौ । आइतबार सुन र चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य ९६ हजार ३ सय रुपैयाँ, तेजावी सुनको मूल्य ९५ हजार ८ सय र चाँदीको मूल्य १२ सय ५ रुपैयाँ प्रतितोला तोकिएको छ ।
अघिल्लो कारोबार दिन गत शुक्रबार छापावाल सुनको मूल्य ९६ हजार ८ सय रुपैयाँ, तेजावी सुनको मूल्य ९६ हजार ३ सय र चाँदीको मूल्य १२ सय २० रुपैयाँ प्रतितोला थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4