+

चेल्सी र टोटनहम विजयी, लिभरपुल बराबरीमा रोकियो

२०७९ साउन  २२ गते १२:३५ २०७९ साउन २२ गते १२:३५
चेल्सी र टोटनहम विजयी, लिभरपुल बराबरीमा रोकियो

२२ साउन, काठमाडौं । चेल्सी र टोटनहमले प्रिमियर लिगमा विजयी सुरुवात गरेका छन् भने लिभरपुल बराबरीमा रोकिएको छ ।

शनिबार राती चेल्सीले एभरटनलाई  उसैको मैदानमा १-० ले हरायो । जर्जिन्होले पहिलो हाफको ईन्जुरी टाईममा गरेको गोलले नै चेल्सीलाई ३ अंक दिलायो ।

यस्तै टोटनहमले पुनरागमन गर्दै साथह्याम्पटनमाथि ४-१ को जित निकाल्यो ।

टोटनहमका लागि राएन सेसेगनोन, एरिक डायर र डेजान क्लुभ्स्कीले एक एक गोल गरे । मोहम्मद सलिसुले आत्मघाती गोल गरे । साउथह्यम्टनका लागि जेम्स वार्ड प्रावसले सुरुमा गोल गरे पनि अग्रता जोगाउन सकेन ।

शनिवार चाँडै भएको खेलमा डार्विन नुनेजले उत्कृष्ट प्रलर्शन गरेपछि लिभरपुलले दुई पटक पछि परेर पनि नवप्रवेशी फुलहमसँग २-२ को बराबरी खेल्दै हार टार्‍यो ।

फुहहमका लागि अलेक्जान्डर मिट्राभिचले दुई गोल गरे । लिभरपुलका नुनेजले एक गोल गरे भने मोहम्मद सलाहको गोलका लागि सहयोग गरे ।

लिगकै अन्य खेलमा बर्नमाउथले एस्टन भिल्लालाई र न्युकासलले नटिङहम फरेस्टलाई समान २-० ले तथा लिड्सले वल्भ्सलाई २-१ ले हरायो ।

इंग्लिस प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय