
२२ साउन, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका-१० सिमिचौरमा ट्रक पल्टिँदा चालकको मृत्यु भएको छ ।
गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिए ।
खरेलका अनुसार रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु१ख १८६६ नंको ट्रक रेसुङ्गा–१० सिमिचौरमा पल्टिएको थियो ।
ट्रक बाटोबाट करिब दुई सय मिटर तल खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4