
काठमाडौं । नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाई’को टिजर पोस्टर रिलिज भएको छ । कात्तिक २५ गते रिलिजको तयारीमा रहेको फिल्मको टिजर पोस्टर आइतबार रिलिज गरिएको हो ।
सुरज वर्जत्य निर्देशित ‘उचाई’मा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा र डेनी डेन्जोङ्पाको मुख्य भूमिका रहेको छ । फिल्मको छायांकन नेपालका पर्यटकीय थलोमा भएको हो । सार्वजनिक पोस्टरमा फिल्मका तीन मुख्य पात्रले हिमाल आरोहण गरिरहेको चित्रण गरिएको छ ।
नेपालको कथावस्तु समेत रहेकाले फिल्मले नेपाली बजारमा समेत राम्रो कमाइ गर्न सक्ने अपेक्षा राखिएको छ । मित्रताको कथा भन्ने यो फिल्मले तीन प्रमुख पात्रको नेपाल घुमघामको कथा प्रस्तुत गर्छ ।
‘उचाई’ले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने आशा लिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4