२२ साउन, काठमाडौं । रियल मड्रिडका मिडफिल्डर इस्को सेभिया जाने भएका छन् । उनलाई अनुबन्ध गर्न सहमतिमा पुगेको सेभियाले जनाएको छ ।
सान्टियागो बर्नाबाउमा सम्झौता सकिएपछि ३० वर्षीय इस्को फ्रि ट्रान्सफरमा उपलब्ध थिए । इस्कोलाई सेभियाले दुई वर्षका लागि अनुबन्ध गर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उनको सोमबार स्वास्थ्य परीक्षण हुनेछ ।
इस्कोले रियल मड्रिडमा ११ वर्ष बिताउँदा पाँच च्याम्पियन्स लिग, तीन ला लिगा र एक कोपा डेल रे उपाधि जितेका थिए ।
प्रतिक्रिया 4