+
+

सिभिल बैंकका ग्राहकले ६९ साझेदारमार्फत विशेष छुट पाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २२ गते १७:४४

काठमाडौं । सिभिल बैंक लिमिटेडले थप २९ साझेदारहरुसँगको समन्वयमा ग्राहकलाई विशेष छुटको व्यवस्था गरेको छ । यसअघि बैंकले ४० साझेदारहरुसँगको समन्वयमा ग्राहकलाई विशेष छुट प्रदान गर्दै आइरहेको थियो ।

हालसम्म ६९ साझेदारमार्फत विभिन्न वस्तु वा सेवा उपभोग गरी बैंकको विद्युतीय भुक्तानी प्रणाली ‘सिभिल स्मार्ट–मोबाइल बैंकिङ एप’ अथवा एटीएम कार्डको प्रयोग गरी भुक्तानी गर्दा ग्राहकहरुले आकर्षक छुटहरु पाउने छन् ।

आगामी दिनहरुमा यसको परिधि बढाई अन्य संघ संस्थाहरुसँग पनि सम्झौता गर्ने योजना रहेको बैंकका चिफ विजनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ भोलाबहादुर विष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?