
२३ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट इन्जिनियरको संगठनका नेपाल राष्ट्रिय इन्जिनियर संगठन (निओन) को संयोजकमा विजयकुमार बिस्ट चयन भएका छन् ।
आइतबार भएको केन्द्रीय भेलाले संयोजकमा बिस्टको नाम सर्वसम्मत चयन गरेको हो । वर्तमान संयोजक छविराज पोख्रेलले राजीनामा दिएपछि रिक्त पदमा बिस्ट चयन भएका हुन ।
यस्तै सहसंयोजकमा अन्जित गौतम, सफल क्षेत्री, गजेन्द्र झा, सम्झना ढकाल र अनिल नेपाल गरी पाँच जना चयन भएका छन् ।
असोजको ७ र ८ गते काठमाडौंमा केन्द्रीय अधिवेशन हुनेछ ।अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4