२३ साउन, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले मेक्सिकन क्लब पुमास उनामलाई ६-० ले हराएर जोन गाम्पर ट्रफीको उपाधि जितेको छ ।
घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा यसै समरमा अनुबन्ध भएका रोबर्ट लेवान्डोस्कीले पनि एक गोल गरे ।
यस्तै पेड्रीले दुई गोल गर्दा उसमान डेम्बेले, पिएरे एमरिक औबामेयाङ र फ्रेन्की डे जोङले एक-एक गोल गरे ।
म्यानचेष्टर युनाइटेड जाने चर्चा भइरहेको फ्रेन्कीलाई क्लबमै राख्न चाहेको प्रशिक्षक जाभी र अध्यक्ष जोन लापोर्टाले बताएका छन् ।
बार्सिलोनाले आफ्ना पूर्वखेलाडी डानी अल्भसलाई समेत सम्मान गरेको थियो । अल्भ्स हाल पुमासमा अनुबन्ध छन् ।
प्रतिक्रिया 4