
काठमाडौं । अभिनेता आर्यन सिग्देल नयाँ फिल्ममा अनुबन्धित भएका छन् । डीबीआर मिडिया एण्ड मुभिजले निर्माण गर्न लागेको ‘सायरा’मा उनी जोडिएका हुन् ।
रघु परियार प्रस्तुतकर्ता रहेको फिल्म सामाजिक र प्रेम सम्बन्धको कथावस्तुमा निर्माण हुने जनाइएको छ । फिल्ममा लिखित सहमतिपछि कुरा गर्दै सिग्देलले कथावस्तुका कारण आफू आकर्षित भएको बताए ।
असोजदेखि नेपाल र अस्ट्रेलियामा फिल्मको छायांकन सुरु हुने तयारी छ । दशैं र तिहार छेकोमा सुटिङ तयारी भएको उनले बताए ।
‘हाम्रो भूमिकालाई सुहाउँदो भएकाले आर्यनजीलाई अनुबन्धित गरेका हौं । उहाँ पनि भूमिकालाई लिएर उत्साहित हुनुहुन्छ,’ रघुले भने ।
फिल्मकाा अन्य कलाकारबारे खुलाइएको छैन । भारतीय निर्देशक रहने फिल्मको कथा रघुले नै लेखेका हुन् । कथावस्तुअनुसार नै डायस्पोरामा छायांकन हुने जनाइएको छ । अस्ट्रेलियाको सिड्नी र मेलबर्नमा फिल्मको छायांकन गरिने रघुले बताए । प्रायः लभस्टोरी फिल्ममा काम गर्ने आर्यनले यसअघि ‘कायरा’मा पनि काम गरेका थिए ।
प्रतिक्रिया 4