+
+

उच्च अदालतको न्यायाधीशका लागि आवेदन दिनेमा कानून व्यवसायी धेरै

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २३ गते १४:१७

२३ साउन, काठमाडौं । उच्च अदालतको न्यायाधीश हुन आवेदन दिनेमा कानून व्यवसायी बढी देखिएका छन् ।

न्याय परिषदले उच्च अदालतका २७ न्यायाधीशका लागि आवेदन खुला गरेकामा २७७ जनाले आवेदन दिएका छन् । जसमध्ये १६१ जना कानुन व्यवसायी छन् ।

न्याय परिषद सचिवालय स्रोतका अनुसार, कानून व्यवसायीपछि जिल्ला न्यायाधीशहरुले सबैभन्दा बढी आवेदन दिएका छन् । त्यसपछि न्यायसेवाका कर्मचारी, सरकारी वकिल, कानून समूह र अन्य छन् । अन्य भनेको कानून, न्याय लगायतका क्षेत्रमा अध्यापन, अनुसन्धानमा संलग्न व्यक्तिहरु हुन् ।

न्याय परिषदले यसवर्षदेखि जिल्ला र उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि मापदण्ड जारी गरेको छ । मापदण्ड अनुसार, आवेदन खुलेपछि न्यायाधीश हुन चाहना राख्नेले न्यायपरिषदको सचिवालयमा आवेदन दिनुपर्नेछ । तीमध्ये योग्यतमलाई नियुक्त गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

हेर्नुहोस् कुन समूहबाट कति आवेदन ?

समूह आवेदन संख्या
कानून व्यवसायी १६१
जिल्ला न्यायाधीश ७५
न्याय प्रशासनका कर्मचारी १३
सरकारी वकिल
कानून समूहका कर्मचारी
अन्य ११
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?