
पैसा हुनेलाई पनि
पैसा नहुनेलाई पनि
सानो पेट, ठूलो पेट
अग्लो, होचो
कालो, गोरो
धनी, गरिब
सबैलाई जाग्ने
उठ्ने बित्तिकै अनि
सुत्नुअघि पनि उत्तिकै लाग्ने,
कस्तो अपराधी, पापी रहेछ यो भोक !
रोगमा, शोकमा, झोंकमा
अनि सबथोकमा
चिल्लो, पिरो, गुलियो, अमिलो
जस्तो भए पनि चाहिने
लाग्नलाई पैसै नपर्ने
फ्रीमै पाइने
कहिले हावाले मात्रै त
कहिले पानीले मात्रै
पेट टन्न भराइने
कस्तो अपराधी, पापी रहेछ यो भोक !
ठेलामा, मेलामा, भेलामा
जस्तोसुकै संकटको बेलामा
उसले लाग्नैपर्ने
खल्ती टाट पल्टेर
भौतारिरहँदा पनि
फेरि उही जाग्नैपर्ने
हेरेर, श्वास फेरेर, इच्छालाई पर ठेलेर
मात्रै हुँदै नहुने
उही बेला उसलाई माग्नैपर्ने
कस्तो अपराधी, पापी रहेछ यो भोक !!
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4