
२३ साउन, बर्दिया । प्रहरी हिरासतबाट फरार करणी मुद्दाका अभियुक्त पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय मोतीपुर बर्दियाले पक्राउ गरी अनुसन्धानका शिलसिलामा हिरासतमा राखिएका करणी मुद्दाका अभियुक्त खजुरा गाउँपालिका-८ बस्ने २६ वर्षीय अब्दुल खाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
उनलाई बढैयाताल गाउँपालिका-२ स्थित नेपाल भारतको सीमा नजिकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी सूर्यप्रकाश सुवेदीले बताए ।
पक्राउ परेका उनीलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4