
२३ साउन, काठमाडौं । प्रेमदिप थाम्सुहाङ नेतृत्वको राष्ट्रिय एकता पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा विलय हुने भएको छ ।
सोमबार दुई पार्टीका अध्यक्षले पार्टी एकतासम्बन्धी पाँच बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन् । सहमति अनुसार राष्ट्रिय एकता पार्टीका अध्यक्ष थाम्सुहाङलाई लोसपाको कार्यकारिणी सदस्य र प्रदेश-१ को इन्चार्जको जिम्मेवारी दिइने छ ।
जिल्ला, प्रदेश र केन्द्रसम्म समायोजन गर्ने तथा आउने प्रदेश र प्रतिनिधिसभा चुनावमा राष्ट्रिय एकता पार्टीका नेता कार्यकर्तालाई प्रत्यक्ष र समानुपातिक उम्मेदवारीमा समुचित स्थान दिइने पनि सहमतिमा उल्लेख छ ।
हेर्नुस् समिति पत्र
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4