
२३ साउन, काठमाडौं । पोखरामा प्याराग्लाइडिङ उडानको स्लट व्यवस्थापनको जिम्मा नेपाल हवाई खेलकुद संस्थाले पाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल हवाई खेलकुद संस्थालाई अधिकार प्रत्यायोजन गर्दै यस्तो जानकारी गराएको हो । यो प्याराग्लाइडिङ सञ्चालकहरुको संस्था हो ।
२० साउनमा संस्थालाई पत्र लेख्दै प्राधिकरणले पोखरामा सञ्चालन हुने प्याराग्लाइडिङ उडानका लागि हरेक उडानको स्लट व्यवस्थापन प्रभावकारी हुने गरी (पालै पालो) समय तोक्न निर्देशन दिएको हो । यो नियम प्याराग्लाइडिङ कम्पनीले नमाने वा संस्थाले नगरेमा कारवाही गर्ने चेतावनी समेत प्राधिकरणले दिएको छ ।
पोखरामा प्याराग्लाइडिङको अनुगमन, नियमन र यससँग सम्बन्धित व्यवस्थापन गर्ने कामको अधिकार प्राधिकरणले यो संस्थालाई प्रत्यायोजन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4