
२३ साउन, काठमाडौं । कामू प्रधानन्यायाधीश दीपककुमार कार्की विदामा बसेपछि सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्कीले कामू प्रधानन्यायाधीशको रुपमा कामकाज गर्न थालेका छन् ।
उनले आइतबारदेखि नै कामू प्रधानन्यायाधीशको रुपमा काम गरिरहेका छन् ।
‘कामू प्रधानन्यायाधीशज्यूले कोरोना संक्रमणका कारण विदा लिनुभयो, त्यसैले उहाँ अदालत आउन मिलेन’ सर्वोच्च अदालत स्रोतले भन्यो, ‘उहाँ बिदामा बसेपछि हरिकृष्ण कार्कीले जिम्मेवारी सम्हाल्नुभएको हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4