
२३ साउन, काठमाडौं । लगानी बोर्डले आगामी २९ भदौमा दीगो पूर्वाधार लगानी फोरम (सम्मेलन) गर्ने भएको छ । लगानी बोर्डले सन् २०२३ मा लगानी सम्मेलन गर्न पूर्व तयारी स्वरुप यो फोरम गर्न लागेको हो ।
सोमबार बसेको बोर्ड बैठकले सम्मेलनको अवधारणापत्र स्वीकृत गरेको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टका अनुसार हरित विकास र स्वच्छता वृद्धिका लागि ऊर्जासहितका विभिन्न यातायात, पर्यटन पूर्वाधार, हेल्थ टुरिज्मसहितका परियोजना विकासका लागि प्रवर्द्धनको कार्यक्रम पनि बोर्डले सुरवात गरिनेछ ।
‘लगानी बोर्ड निजी क्षेत्रको मनोबल बढाउने र स्रोतसाधन परिचालन गरेर तीव्र पूर्वाधार विकासको लागि जे–जे जे गर्नुपर्छ हामी गर्न तयार छौं’ भट्टले भने । यसका लागि औजार, ढाँचा पनि तयार गरिने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4