
२४ साउन, काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६ सय र चाँदी ३५ रुपैयाँले वृद्धि भएको छ ।
मंगलबार छापावाल सुनको प्रतितोला मूल्य ९६ हजार ९ सय र तेजावी सुनको मूल्य ९६ हजार ४ सय रुपैयाँ तोकिएको छ । सोमबार छापावाल सुनको मूल्य ९६ हजार ३ सय र तेजावी सुनको मूल्य ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार २४० रुपैयाँ तोकिएको छ । सोमबार चाँदीको मूल्य १ हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4