
काठमाण्डौ । नेपाली कथानक चलचित्र ‘महापुरुष’ मा शिवम् सिमेन्टले आर्थिक तथा प्रवर्द्धनात्मक क्षेत्रमा सहकार्य गर्ने भएको छ ।
शिवम् सिमेन्टल र षट्कोण आर्टस् बीच उक्त चलचित्रका लागि आर्थिक तथा प्रर्वद्धनात्मक क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता सहित सम्झौता भएको जनाएको छ ।
सम्झौता कार्यक्रममा शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङ भाईस प्रेसिडेन्ट केपी रिजाल, कन्ट्रिहेड निखिल अग्रवाल र डीजीएम मार्केटिङ केशव अर्यालको उपस्थिति रहेको थियो । यस्तै षट्कोण आर्टस्को तर्फबाट निर्देशक प्रदीप भट्टराई, निर्माता रवीद्र सिंह बाँनिया, कलाकार राजाराम पौडेल, गौरी मल्ल, अरुण क्षेत्री लगाएत अन्य कलाकारहरुको उपस्थिति रहेको थियो ।
आगामी ११ कात्तिक ११ मा रिलिज हुने चलचित्रमा मुख्य कलाकारको रुपमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल लगायत छन् । चलचित्रको लेखन तथा निर्देशन प्रदीप भट्टराईले गरेका छन् ।
शिवम् सिमेन्ट लिमिटेडले मह सञ्चारको अघिल्लो चलचित्र शत्रुगते, दालभात तरकारी लगायतका चलचित्रहरुमा समेत सहकार्य गरेको थियो । सोही क्रमको निरन्तरता स्वरुप शिवम् सिमेन्ट र षट्कोण आर्टस् बीच मह अभिनित महापुरुष चलचित्रमा पनि सहकार्य गर्ने सम्झौता भएको शिवम् सिमेन्टले जनाएको छ ।
प्रतिक्रिया 4