
काठमाडौं । आगामी असोज २१ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दुई नम्बरी’को टिजर सार्वजनिक भएको छ । टिजरमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी र बुद्धि तामाङ चित्रित छन् ।
दयाहाङ र उगेन तथा सौगात र उपासनाको जोडी बाँधिएको छ । गाउँको परिवेशमा कमेडी कथा बुनिएको फिल्मले मित्रताको कथा भन्छ । यसमा रोमान्स र मानवीय अन्तरद्वन्द्व कथा पनि छ ।
घामपानी र छ माया छपक्कै फेम्ड निर्देशक दीपेन्द्र लामा निर्देशित फिल्मले मित्रताको कथा पेश गर्छ । भुटानी अभिनेत्री उगेनको यो डेब्यु नेपाली फिल्म हो । दीपक मनाङे, अमलादेवी राई र जयश श्रेष्ठ निर्माता हुन् । पूर्वनिर्धारित मिति असोज कात्तिक ४ बाट फिल्म सरेपछि अर्को फिल्म ‘के घर के डेरा’लाई राहत मिलेको छ ।
कोरोना महामारीका कारण छायांकन प्रभावित भएको ‘दुई नम्बरी’ कलाकार र स्क्रिप्टमा केही हेरेफेर गर्र्दै सुटिङ भएको थियो ।
प्रतिक्रिया 4