+

यस्ता लक्षण देखिए बालबालिकालाई हुनसक्छ फोक्सोको क्यान्सर

२०७९ साउन  २४ गते १६:३९ २०७९ साउन २४ गते १६:३९
यस्ता लक्षण देखिए बालबालिकालाई हुनसक्छ फोक्सोको क्यान्सर

काठमाडौं । वंशाणुगत कारण, वायु प्रदूषण, कमजोर रोग प्रतिरोधात्मक क्षमता तथा फोक्सोसँग सम्बन्धित दीर्घकालीन रोगका कारण फोक्सोको क्यान्सर हुन्छ । तर धुम्रपान तथा मदिरा सेवनका कारण फोक्सोको क्यान्सर हुने जोखिम अन्य अवस्थामा भन्दा बढी रहने चिकित्सक बताउँछन् ।

फोक्सोको क्यान्सर भएमा फोक्सोका कोषिका अनियन्त्रित रुपमा बढ्ने गर्छन् । उक्त कोषिका बढ्दै गएपछि ट्युमरको रुपमा परिणत हुन्छ ।

छातीरोग विशेषज्ञ नवीन मिश्रका अनुसार फोक्सोको क्यान्सरका मुख्य लक्षण खोकी लाग्ने, कफ आउने तथा सास फेर्न गाह्रो हुने हुन् । यस्ता लक्षण देखिए तुरुन्त स्वास्थ्य परीक्षण गराउन उनी सुझाउँछन् ।

बालबालिकामा पनि फोक्सोको क्यान्सरको जोखिम बढी हुन्छ । फोक्सोको क्यान्सर धुम्रपान तथा मद्यपान गर्नेलाई मात्रै नभई साना बालबालिकालाई समेत हुनसक्ने डो मिश्र बताउँछन् । लक्षण सामान्य देखिने भए पनि समयक्रमसँगै यसले गम्भीर रुप लिन सक्छ ।

‘बालबालिकालाई फोक्सोको क्यान्सरबाट बचाउन स्वस्थ, सन्तुलित र ताजा खानेकुरा खुवाउनुका साथै बेलाबेला स्वास्थ्य परीक्षण गराइरहनुपर्छ । समयमै हेरविचार र उपचार पाए फोक्सोको क्यान्सरबाट बच्न र बचाउन सकिन्छ,’ डा. मिश्र भन्छन् ।

बालबालिकाले आफूलाई के भएको छ भन्ने कुरा सहजै व्यक्त गर्न नसक्ने र प्रस्ट नभन्ने हुँदा उनीहरुको समस्या थाहा पाउन गाह्रो पर्छ । यसकारण उनीहरुको स्वास्थ्यमा समस्या देखिए समयमै स्वास्थ्य परीक्षण गराउनुपर्छ । बालबालिकालाई छातीको क्यान्सर भएमा निम्न लक्षण देखिने डा. मिश्रको भनाइ छ ।

गला र घाँटी सुन्निनु

बालबालिकाको अनुहार र घाँटी सुन्निनु फोक्सोको क्यान्सरको सुरुवाती लक्षण हुन सक्छ । अचानक बालबालिकाको अनुहार र घाँटी सुन्निएमा स्वास्थ्य परीक्षण गराइहाल्नुपर्छ । यस्ता लक्षण देखिएकै समयमा स्वास्थ्य परीक्षण गराई चिकित्सकको सल्लाह लिएमा क्यान्सर नियन्त्रण गर्न सकिन्छ ।

सास फेर्न समस्या

फोक्सोको क्यान्सर हुँदा बालबालिकालाई सास फेर्न गाह्रो हुन्छ । यस्तोमा हिंड्दा वा दौडिंदा सास फुल्ने समस्या देखिन्छ । सास फेर्दा बल प्रयोग गर्नुपर्ने, आवाज आउने, मुटु दुख्ने तथा डर लाग्ने लक्षण देखिएमा बालबालिकालाई फोक्सोको क्यान्सर हुन सक्छ ।

खान मन नलाग्नु

फोक्सोको क्यान्सरको लक्षण भएका बालबालिकालाई खान मन नलाग्ने हुन्छ । सामान्य अवस्थाभन्दा बढी समय बालबालिकालाई भोक नलाग्ने, खान मन नगर्ने भएमा क्यान्सरको लक्षण हुन सक्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ ।

कमजोरी र थकान महसुस हुनु

कमजोर र थकान पनि क्यान्सरको लक्षण हुन सक्छ । कुनै काम गर्दा थकान लाग्ने भए पनि बालबालिकालाई सामान्य अवस्थामा भन्दा बढी थकान र कमजोरी महसुस भए फोक्सोको क्यान्सरको लक्षण हुन सक्छ ।

लामो समयसम्म खोकी लाग्नु र खकारमा रगत आउनु

बालबालिकालाई लगातार दुईदेखि तीन सातासम्म खोकी लाग्नु क्यान्सरको लक्षण हुन सक्छ । खोकी लाग्दा मुटु दुख्ने र रगत आउनु फोक्सोको क्यान्सरको गम्भीर अवस्था हुन सक्छ । यस्तो बेला बालबालिकाको स्वास्थ्यलाई मध्यजनर गरी समयमै स्वास्थ्य परीक्षण गराउनुपर्छ ।

तौल घट्नु

तौल घट्नु फोक्सोको क्यान्सरको लक्षण हो । बालबालिकाको निरन्तर तौल घट्दै गइरहेको छ भने समयमै स्वास्थ्य परीक्षण गराउनुपर्छ ।

फोक्सोको क्यान्सर बालबालिका
लेखक
अंगद सिंह
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?