
२४ साउन, काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीलाई स्थायी प्रतिपक्षी हुने शुभकामना दिएको बताएका छन् । तर, दुवै पार्टीको शुभकामना हास्यास्पद रहेको उनको भनाइ छ ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्नै उनले भने, ‘त्यो ३३ सिट र १० सिटवाला साथीहरु हामीलाई स्थायी प्रतिपक्षी बनाउनको निम्ति शुभकामना दिनुहुन्छ । यो हास्यास्पद तर्क कति जनताले पत्याउँछन् मलाई थाहा छैन ।’
सांसद बस्नेतले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाँदा पनि एमाले पहिलो ठूलो दल हुने दावी गरे । ‘स्थानीय तहको निर्वाचनमा आएको मत परिणाम हेर्दा झण्डै ३४ प्रतिशत पपुलर भोट ल्यायो ।
पूर्ण समानुपातिकमा जाँदा एमालेले ७० भन्दा बढी सिट ल्याउँछ । कांग्रेसले ६८/६९ सिट ल्याउँछ । माओवादीले ३३ सिट ल्याउँछ र हामीसँग विभाजित भएर गएको नेकपा एसले १० सिट ल्याउँछ ।’
प्रतिक्रिया 4