
२३ साउन, काठमाडौँ। त्रिभुवन विश्वविद्यालयस्थित केन्द्रीय मनोविज्ञान विभागका शिक्षक तथा विद्यार्थीहरुले त्रिविको सरसफाइ गरेका छन् ।
मंगलबार स्नातकोत्तर तहमा मनोविज्ञान पढ्ने विद्यार्थीहरु तथा विभागीय प्रमुख तथा अन्य शिक्षकहरुको सहभागितामा सरसफाइ गरेका हुन् ।
विद्यार्थी तथा विभागीय सदस्यहरुले मनोविज्ञान केन्द्रीय विभागबाट सरसफाइ सुरु गर्दै त्रिविको मुख्य भवनसम्म सफाइ गरेको मनोविज्ञान विभागकी प्रमुख प्रा. डा. नन्दिता शर्माले बताइन् ।
उनले भनिन्, ‘मनको सफाइ र भौतिक सफाइ एकापसमा जोडिएको हुन्छ। आगामी दिनमा फन्डले मेन्टल हेल्थ अवेरनेसलगायतका कार्यक्रम गर्ने आशा गरेकी छु।’
उनका अनुसार मनोविज्ञान केन्द्रीय विभागमा खडा गरिएको ‘मेन्टल हेल्थ फन्ड’को आयोजनामा कार्यक्रम गरिएको हो।
विभागीय प्रमुख शर्माले पनि फोहोर टिप्नुका साथै परिसरमा रहेको झाडीहरु हटाएकी थिइन्।
मनोविज्ञान विभागकै सन्देश ढकालले आफ्नो विश्वविद्यालय परिसर सफाइमा लाग्ने विद्यार्थीहरुको सराहना गर्दै आगामी दिनमा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम हुने अपेक्षा प्रकट गरे।
फन्डका प्रस्तावित अध्यक्ष प्रदीप गोलेले आगामी दिनमा फुटसल प्रतियोगिता तथा मानसिक स्वास्थ्य सचेतनासम्बन्धी विभिन्न कार्यक्रम गर्ने तयारी रहेको जानकारी गराएका थिए ।
प्रतिक्रिया 4