+

केन्या भ्रमणका लागि राष्ट्रिय क्रिकेट टिमको घोषणा, ज्ञानेन्द्र मल्लको पुनरागमन

२०७९ साउन  २४ गते १८:१९ २०७९ साउन २४ गते १८:१९
केन्या भ्रमणका लागि राष्ट्रिय क्रिकेट टिमको घोषणा, ज्ञानेन्द्र मल्लको पुनरागमन

२४ साउन, काठमाडौं ।नेपालले केन्यासँग खेल्ने टी–२० तथा एकदिवशीयका लागि नेपालले १६ सदस्यीय टोलीको घोषणा गरेको छ । यस टोलीमा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् ।

नेपालका लागि यू–१९ का विकेट किपर अर्जुन साउद पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । यूएई सिरिज पछि नेपालको कुनै पनि प्रतियोगितामा नदेखिएका ज्ञानेन्द्रले नयाँ प्रशिक्षक आएसँगै टोलीमा पुनरागमन गरेका छन् ।

उनीसँगै साह आलम र विवेक यादवले पनि टिममा पुनरगामन गरेका छन् । अर्जुनले उमेर समूह अन्र्तगत यू–१९ एसिया कप खेलेका हुन् ।

त्यस्तै नेपाली टोलीका रेगुलर ओपनर कुशल भुर्तेल र विकेट किपर विनोद भण्डारी यस पटक टोलीमा परेका छैनन् । वैकल्पिक खेलाडीमा थप चार खेलाडी गरी क्यानले २० जनाको नाम सार्वजनिक गरेको हो ।

नेपालले केन्यामा गएर भदौ ९ देखि १३ सम्म टी–२० अन्तर्राष्ट्रिय तथा भदौ १७, १८ र २० गते एकदिवशीय खेल खेल्ने छ ।

नेपाली टोलीका खेलाडी : सन्दीप लामीछाने, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, आदिल आलम, दिपेन्द्र सिंह ऐरी, पवन सर्राफ, देव खनाल, सोमपाल कामी, करण केसी, ज्ञानेन्द्र मल्ल, वसिर अहमद, अर्जुन साउद, साहब आलम, किशोर महतो र विवेक यादव

वैकल्पिक खेलाडी : प्रतिश जिसी, हरिशंकर साह, जितेन्द्र मुखिया र भीम सार्की

ज्ञानेन्द्र मल्ल नेपाल केन्या नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय