
काठमाडौं । छायांकार विदुर पाण्डेको हृदयघातबाट निधन भएको छ । चलचित्र प्राविधिक संघका अनुसार बिहान पौने ६ बजे गंगालाल अस्पतालमा उनको निधन भएको हो । घरमा असहज भएपछि उनलाई अस्पताल लगिएको थियो ।
उनको पार्थिव शरिरलाई अन्तिम संस्कारका लागि अहिले पशुपति आर्यघाट लगिएको छ । प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार अन्तिम श्रद्धान्जली दिन अहिले आर्यघाटमा फिल्मकर्मी र आफन्त उपस्थित छन् ।
चर्चित नेपाली फिल्म कागबेनी, स्वर र भुइँमान्छेमा छायांकारको रुपमा काम गरिसकेका पाण्डेले टेलिभिजनमा समेत काम गरेका छन् । फिल्म कागबेनीलाई पहिलो नेपाली डिजिटल फिल्म समेत मानिन्छ ।
हाम्रो टिम, क्वीज मेनिया, फूलको थुंगा, हिमालय फेसन एड्भेन्चरजस्ता टीभी कार्यक्रम र छोटा फिल्ममा उनले काम गरिसकेका छन् । पाण्डेले सयौं म्युजिक भिडियो समेत छायांकन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4