
काठमाडौं । क्रिस हेम्सवर्थ र नाटाली पोर्टम्यान स्टारर ‘थोर : लभ एण्ड थन्डर’ले नेपाली बक्स अफिसमा उत्साहजनक कमाइ गरेको छ । तर ब्राड पिटको जादू चाहिं नेपालमा चलेन ।
मार्भल सिनेम्याटिक युनिभर्सको २९ औं फिल्मको रुपमा रहेको थोरको लभ एण्ड थन्डर श्रृंखलाले अहिलेसम्म नेपालमा ३ करोड ५० लाख ग्रस कमायो । लगानीका हिसाबले यो राम्रै कमाइ हो ।
तर ब्राड पिट स्टारर ‘बुलेट ट्रेन’ अपेक्षाअनुसार नेपालमा चलेन । हुन त विश्व बक्स अफिसमै यसको कमाइ निराशजनक छ । पाँच दिनमा फिल्मले नेपालमा १० लाख ग्रसको कमाइ गरेको एप्पल इन्टरटेनमेन्टले जनाएको छ ।
‘बुलेट ट्रेन’ले अहिलेसम्म ५७ ओभरसिज बजारबाट ६२.५ मिलियन डलर कमाइ गरेको डेडलाइन हलिउड म्यागजिनले जनाएको छ । जुरासिक वर्ल्ड डोमिनियन पनि नेपाली बक्स अफिसमा चलेन ।
‘स्पाइडरम्या : नो वे होम’को नेपाल लाइफटाइम कलेक्सन ७ करोड ३० लाख ग्रस रह्यो । त्यसपछि ‘डक्टर स्ट्रेन्ज : इन द मल्टिभर्स अफ म्याडनेस’ले राम्रै कमायो । तर त्यसपछि हलिउड फिल्म खासै चलेनन् । तर ‘थोर’ले केही हदसम्म भए पनि अंग्रेजी फिल्म वितरकलाई राहत दिएको छ ।
प्रतिक्रिया 4