
काठमाडौं । नेपालमा प्रदर्शन भइसकेको फिल्म ‘चपली हाइट ३’ अस्ट्रेलियामा रिलिज हुने भएको छ । आगामी भदौ २५ गते (सेप्टेम्बर १०)मा सिड्नीमा फिल्म प्रदर्शन हुन लागेको हो ।
निर्माता अर्जुन कुमारका अनुसार बाबा एजुकेसन कन्सल्टेन्सी र आरकेएस अस्ट्रेलियाले फिल्मलाई रिलिज गर्न लागेका हुन् । सिड्नीहित ब्रिसबेन, एडिलेड, तास्मानिया सहितका राज्यमा फिल्म देखाउन लागिएको हो ।
कोरोना महामारीको कारण प्रभावित भएको फिल्म गत शुक्रबारदेखि नेपालमा पुनः रिलिज भएको छ । स्वस्तिमा खड्का, महेश त्रिपाठी, सुपुष्पा भट्ट लगायतको मुख्य भूमिका रहेको फिल्मलाई थ्रिलर जनरामा राखिएको छ ।
पछिल्लो समय अस्ट्रेलिया नेपाली फिल्मको राम्रो बजारका रुपमा स्थापित भएको छ । ‘कबड्डी ४’ले अस्ट्रेलियामा मात्र ४ करोड रुपैयाँ भन्दा बढी कमाइ गरेको अनुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4