
२५ साउन, काठमाडौं । चिपमेकर कम्पनी क्वालकोमले स्मार्टफोन एप्लिकेसन प्रोसेसरको बजारमा प्रभुत्व जमाउँदै लगेको छ । पछिल्लो तथ्यांक अनुसार स्मार्टफोन चिपको विश्व बजारमा क्वालकोमको हिस्सा ४५ प्रतिशत रहेको छ ।
सन् २०२२ को पहिलो त्रैमासिकको तथ्यांक अनुसार स्मार्टफोन चिप बजारमा आम्दानीका हिसाबले क्वालकोम ४५ प्रतिशत हिस्सासहित पहिलो स्थानमा छ ।
द्योश्रो स्थानमा २५ प्रतिशत हिस्सा सहित मेडियाटेक रहँदा एप्पल कम्पनी २२ प्रतिशत हिस्सा सहित तेश्रो स्थानमा रहेको छ ।
प्हिलो त्रैमासिकमा विश्वको स्मार्टफोन एप्लिकेसन प्रोसेसर अर्थात् स्मार्टफोन चिपको बजार ३५ प्रतिशतले विस्तार भई अर्ब ९० करोड डलर बराबरको कारोबार भएको रिपोर्टमा उल्लेख छ ।
क्तचबतभनथ ब्लबथितष्अक को रिपोर्ट अनुसार फाइभ जी स्मार्टफोनका चिपको बिक्रि कूल बिक्रिको ५३ प्रतिशत रहेको छ ।
उता स्नापड्रागन फ्लागसीप चिपको लोकप्रियताका बाबजुत एक्जिनोस चिपको सुस्ततासँगै सामसुङ कम्पनीको बजार हिस्सा भने कमजोर बनेको छ । सामसुङको एक्जिनोस स्मार्टफोन एप्लिकेसनको बिक्रि पहिलो त्रैमासिकमा ४० प्रतिशतले कम भएको छ ।
तर सामसुङका ग्यालेक्सी एस स्मार्टफोनमै प्रयोग भैरहेको क्वालकोमले भने अहिलेसम्मकै धेरै चिप बिक्रि तथा आम्दानीमा वृद्धि गर्न सफल भएको छ । सामसुङका उच्च मूल्यका स्मार्टफोनमै एक्जिनोसको साटो क्वालकोम चिपको प्रयोग बढ्दै गएको छ ।
पहिलो त्रैमासिकमा गुगल तथा जेएलक्यू कम्पनीका स्मार्टफोन चिपको बिक्रि पनि घटेर १० लाख भन्दा तल झरेको छ भने हाइसिलिकनका चिपको बिक्रि करीब शून्यमा झरेको रिपोर्टमा उल्लेख छ । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4