
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले क्यान्सर पीडितको उपचारका लागि नेपाल क्यान्सर हस्पिटल ललितपुरलाई आर्थिक सहयोग गरेको छ । यो हस्पिटलले आर्थिक अवस्था कमजोर भएका क्यान्सर रोगबाट पीडित बिरामीहरुको निःशुल्क उपचार गराउँदै आएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इन्स्योरेन्सले हस्पिटललाई २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नेपाल क्यान्सर हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. बच्चु कैलाश कैलीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
सो क्रममा रेग्मीले आर्थिक अवस्था कमजोर भएका क्यान्सर जस्तो घातक रोगबाट पीडित बिरामीको निःशुल्क उपचार गर्ने हस्पिटललाई सानो आर्थिक सहयोग गर्न पाएकोमा खुसी लागेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4