+

केरला महिला लिगमा सावित्राले गरिन् एकै खेलमा पाँच गोल

२०७९ साउन  २५ गते १८:३४ २०७९ साउन २५ गते १८:३४
केरला महिला लिगमा सावित्राले गरिन् एकै खेलमा पाँच गोल

२५ साउन, काठमाडौं । भारतमा भइरहेको केरला महिला लिग फुटबलको पहिलो खेलमा नेपाली खेलाडी सावित्रा भण्डारीले एकै खेलमा पाँच गोल गरेकी छन् ।

केरला फुटबल संघको आयोजनामा बुधबारदेखि सुरु भएको लिगको आफ्नो पहिलो खेलमा सावित्रा सम्मिलित गोकुलमले केरा युनाइटेड फुटबल क्लबलाई ११-० ले पराजित गरेको हो ।

कोजहिकोडेस्थित इएमएस कर्पोरेसन स्टेडियममा भएको खेलको पहिलो हाफमा चार गोल गरेकी सावित्राले दोस्रो हाफमा एक गोल थपेकी हुन् ।

सावित्रा केही दिनअघि मात्रै गोकुलममा अनुबन्ध भएर भारती गएकी हुन् । उनले गोकुलमबा६ एएफसी महिला क्लब च्याम्पियनसिप पनि खेल्नेछिन् ।  यस्तै बुधबारकै अर्को खेल केरला ब्लास्टर्स एफसीले एमिरेट्स एफसीलाई १०-० ले पराजित गरेको छ ।

सावित्रा भण्डारी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय