
२५ साउन, उदयपुर । नेपाली सेनाले कोशीटप्पु वन्यजन्तु आरक्षमा चित्तलको शिकार गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ ।
कोशीटप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारीसहितको संयुक्त पट्रोल टोलीले बुधबार श्रीलंका टप्पुस्थित भागलपुरबाट उनीहरुलाई पक्राउ गरेको हो ।
सेनाले उनीहरुको साथबाट ६३ केजी जनावरको मासु, २ नाल भरुवा बन्दुक, एक प्याकेट टिका बारुद, ४ वटा खुकुरी बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको लागि कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयलाई बुझाइएको सेनाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4