
२६ साउन, काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको दोस्रो बजारमा सेयर कारोबार सुरु भएको छ ।
२६ साउन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को स्पेशल पि्र-ओपन सेसनमा अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको पहिलो कारोबार भएको छ।
कम्पनीको सेयर प्रतिकित्ता १३० रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म ओपनिङ रेन्ज प्रदान गरेको थियो।
कम्पनीको पछिल्लो आर्थिक वर्षको परिस्कृत वित्तीय विवरण अनुसारको नेटवर्थदेखि नेटवर्थको ३ गुणासम्म ओपनिङ रेञ्ज तोन्ने गर्दछ ।
कम्पनीको २५ साउन बुधबार ५० लाख कित्ता सेयर स नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको १५ लाख कित्ता, आयोजना प्रभावितलाई निष्कासन गरेको ५ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको ३० लाख कित्ता सेयर नेप्सेमा सुचिकृत गरेको हो ।
प्रतिक्रिया 4