
काठमाडौं । हिमालयन बैंकले अमेरिकन एक्स्प्रेससँगको सहकार्यमा नेपालमा हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड र हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड सञ्चालनमा ल्याएको छ ।
हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड भ्रमण गर्ने तथा विभिन्न सामानहरु खरिद गर्ने खरिदकर्ता तथा हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी तथा अन्य यात्रीहरुका लागि लक्षित गरी जारी गरिने बैंकले जनाएको छ । उक्त कार्ड प्रयोगकर्ताहरुले कार्डबाट भुक्तानी गर्दा खर्चहरु व्यवस्थापन गर्न सहज बनाउन सक्ने बैंकले जनाएको छ ।
अमेरिकन एक्स्प्रेससँग हिमालयन बैंकको लामो समयदेखि सम्बन्ध रहेको र विभिन्न वर्गका ग्राहकलाई लक्षित गरी दुईवटा नयाँ कार्डहरु सञ्चालनमा ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणाले बताए ।
अमेरिकन एक्स्प्रेस दक्षिण एसियाका भाइस प्रेसिडेन्ट तथा व्यापार प्रमुख, नेटवर्क पार्टनरसीप दिव्या जैनले नेपालमा अमेरिकन एक्स्प्रेसको दुईवटा नयाँ कार्डहरु को सेवा सुरु गर्न पाउँदा उत्साहित भएको बताइन् । दुवै कार्डहरुले प्रयोगकर्ताहरुलाई समग्रमा यात्रा तथा विभिन्न सामानहरु खरिदमा उच्चतम लाभको अनुभूति गराउने बैंकले जनाएको छ ।
हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्डका प्रयोगकर्ताहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानीलगायत स्थानीय कारोबार गरे बापत ०.५० प्रतिशत वा बढीमा तीन हजार रुपैययाँ प्रतिवर्षसम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् ।
हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रीपेडकार्ड प्रयोगकर्ताहरु विशेष गरी विदेश भ्रमण र उच्च शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी लगायत स्थानीय कारोबार गरे बापत ०.५ प्रतिशत वा बढीमा दुई हजार ४०० रुपैयाँसम्म प्रतिवर्ष नगद फिर्ता प्राप्त गर्नेछन् ।
हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्डका प्रयोगकर्ताहरुले क्लब हिमालयमा कम्तिमा २ रातको बुकिङ गर्दा होटलको तर्फबाट १ रात निःशुल्क पाउने छन् ।
युनाइटेड कलर्स अफ बेनेटनमा सामान खरिद गर्दा १० प्रतिशत, स्पोर्टस् प्लाजामा १५ प्रतिशत, मिसियोमा ३३ प्रतिशत र एपिक माउन्टेन बाइकमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड प्रयोगकर्ताहरुले स्पोर्टस् प्लाजाका सम्पूर्ण सामानहरुमा १५ प्रतिशत र मसियोमा ३३ प्रतिशत तथा बुकिङ डटकममा ४० प्रतिशतसम्मको छुट प्राप्त गर्ने बैंकले जनाएको छ।
प्रतिक्रिया 4