
२६ साउन, काठमाडौं । नेकपा एमालेले पोखरा महानगर पालिकाको मेयरमा पराजित कृष्ण थापालाई बढुवा गरेको छ ।
बिहीबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले जिल्ला सह-इन्चार्ज रहेका थापालाई कास्की जिल्ला इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो ।
थापालाई इन्चार्ज बनाउन एमालेले भीमबहादुर काकीलाई भने भूमि व्यवस्था तथा सहकारी विभागमा तानेको छ । जिल्ला इन्चार्जबाट हटाएर कार्कीलाई विभागको सहइन्चार्ज बनाइएको छ ।
दशौं महाधिवेशनपछि कार्कीले जिल्ला इन्चार्जको जिम्मेवारी पाउँदा थापा सहित सात केन्द्रीय सदस्य सहइन्चार्जको भूमिकामा थिए ।
मीनाकुमारी गुरुङ, राजीब पहारी, विद्या भट्टराई, मञ्जुदेवी गुरुङ, बालकृष्ण काउछासँगै कृष्ण थापा सहइन्चार्ज थिए ।
तर गएको ३० वैशाखमा सम्पन्न स्थानीय चुनावमा मेयर उठेर पराजित भएसँगै थापा इन्चार्जमा बढुवा भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4