
२६ साउन, काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा हुतराज थापा र ओम जोशीलाई बढुवा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थापा र जोशीलाई राष्ट्रिय अनुसन्धान विभागको एआईजी सरहको पदमा बढुवा गरेको एक मन्त्रीले अनलाइनखबरलाई बताए । थापा तेस्रो नम्बर वरियताका प्रतिष्पर्धी थिए ।
थापा हाल राअविको राजधानी प्रमुख थिए भने जोशी मधेश प्रदेशको कमाण्ड गरिरहेका थिए । हालका राअवि प्रमुख यदुलाल खरेलले २३ भदौबाट अवकाश पाउँदैछन् ।
हालकै व्यवस्था कायम रहे अहिले एक नम्बरमा बढुवा भएका थापा नै गुप्तचरको प्रमुख नियुक्त हुनेछन् ।
यसअघि सरकारले ६ दिनका लागि मुख्य अनुसन्धान निर्देशक पदमा कुलदेव थापालाई बढुवा गरेको थियो । उनले अवकाश पाएपछि एउटा दरबन्दी खाली थियो, त्यसमा एक दरबन्दी फेरि थपेर दुईजनालाई बढुवा गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4