
२६ साउन, काठमाडौं। सरकारले स्वास्थ्य बीमाको समस्या समाधान गर्नका लागि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीको अध्यक्षमा चार सदस्य कार्यदल गठन गरेको छ ।
बिहीबार बसेको स्वास्थ्य तथा जनसंख्यालय मन्त्रीस्तरीय बैठकले स्वास्थ्य बीमाको कार्यक्रमको अवस्था, चूनौती अध्ययन, विश्लेषण एंव समीक्षा गरी विद्यमान देखिएको समस्या समाधानका लागि तीन हप्ता भित्र पुष्ठपोषण सहित प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।
कार्यदलमा राज्यमन्त्री केसीसँगै स्वास्थ्य मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. गुणराज लोहनी, बीमा बोर्डका सदस्य डा. सुरेश तिवारी, श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सहसचिव,स्वास्थ्य मन्त्रालयका प्रमुख औषधि व्यवस्थापक नारायण ढकाललाई जिम्मेवारी दिएको हो ।
स्वास्थ्य बीमा राम्रो अवधारणा भए पनि उद्देश्य अनुरूप नागरिकले सेवा नपाउँदा कार्यक्रमको प्रभावकारिता माथि नै प्रश्न उब्जिएको स्वास्थ्य विज्ञहरू बताउँदै आएका छन् ।
बीमितले औषधि तथा समयमा स्वास्थ्य सेवा नपाउनु, सेवा प्राप्त गर्न लामो समय लाइन कुर्न बाध्य हुनु, बीमा गरेका र बीमा नगरेका बिरामीको सेवामा विभेद हुनु, प्रथम सेवा बिन्दुबाट थप उपचारको लागि ठूला अस्पतालमा ‘रिफर’ गर्दा आवश्यक कागजातको व्यवस्था नहुनु र नगर्नु जस्ता विषयले बीमा कार्यक्रमप्रति नागरिकको विश्वास घट्दै गइरहेको छ ।
त्यसैगरी, सरकारले साउनदेखि निजी अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न नदिने निर्णय गरेको छ ।
प्रतिक्रिया 4