+

फिफा विश्वकप एक दिन अघि सर्‍यो, कतार र इक्वेडरबीच उद्घाटन खेल हुने

२०७९ साउन  २७ गते ७:०४ २०७९ साउन २७ गते ७:०४
फिफा विश्वकप एक दिन अघि सर्‍यो, कतार र इक्वेडरबीच उद्घाटन खेल हुने

२७ साउन, काठमाडौं । आगामी नोभेम्बर-डिसेम्बरमा कतारमा हुने फिफा विश्वकप फुटबल एक दिन अघि सारिएको छ ।

यसअघि नोभेम्बर २१ देखि विश्वकप सुरु हुने तालिका थियो । तर अब एक दिन अघि अर्थात नोभेम्बर २० मै विश्वकप सुरु हुनेछ । जसमा आयोजक कतारले इक्वेडरसँग उद्घाटन खेल खेल्नेछ ।

यसअघिको तालिका अनुसार कतार र इक्वेडरबीचको खेल नोभेम्बर २१ मा तेस्रो खेलको रुपमा थियो । जसले गर्दा नेदरल्याण्ड्स र सेनेगलबीचको खेल विश्वकपको पहिलो खेल हुने तय थियो ।

तर आयोजकले विश्वकपको पहिलो खेल खेल्दै आएको चलनलाई निरन्तरता दिन विश्वकप एक दिन अगाडि सारिएको हो । आयोजक देश कतार र विश्व फुटबलको सर्वोच्च निकाय फिफाबीचको छलफलपछि खेल एक दिन अघि सारिएको हो ।

कतार र इक्वेडरबीचको खेल अघिल्लो दिन सारेपछि अब नोभेम्बर २१ मा तीन खेल मात्र हुनेछ । जसमा समूह ‘ए’ का नेदरल्याण्ड्स र सेनेगल तथा समूह ‘बी’ का इंग्ल्याण्ड र इरान तथा वेल्स र अमेरिकाबीच खेल हुनेछ ।

 

कतार विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय